काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा साहस उर्जासहित तीन कम्पनीको शेयरमूल्य समायोजन भएको छ । बिहिबार नेप्सेले साहस उर्जा लिमिटेड, सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र एनएमबि ५० को शेयरमूल्य समायोजन गरेको हो ।
कम्पनीहरुले लाभांश वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरेसँगै अन्तिम कारोबारको आधारमा नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेका अनुसार साहस उर्जाको ८ प्रतिशत बोनसपछिको शेयरमूल्य ४७९ दशलमव १७ रुपैयाँमा समायोजन गरेको छ । कम्पनीको अन्तिम कारोबार ५१७ दशलमव ५० रुपैयाँमा भएको थियो ।
त्यसैगरी सानिमा रिलायन्स लाइफ इन्योरेन्सको १८.३८ प्रतिशत बोनसपछिको शेयरमूल्य ४७२ दशलमव ६३ रुपैयाँमा समायोजन भएको । बिहीबारको अन्तिम कारोबार मूल्य ५५९ दशलमव ५० रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
नेप्सेले एनएमबि ५० म्युचुअल फन्डको १५ प्रतिशत नगद लाभांशमा इकाई मूल्य समायोजन गरेको छ । फण्डको नगद लाभांश पछिको इकाईमूल्य १० दशलमव ४६ रुपैयाँमा समायोजन भएको छ । फण्डको अन्तिम कारोबार ११ दशलमव ९६ रुपैयाँमा भएको थियो । आइतबार समायोजित मूल्यलाई आधार मानेर कम्पनीको कारोबार खुला हुनेछ ।
Advertisment