काठमाडौं : चालु आर्थिक वर्षको पहिलो महिना साउनमा बैंकहरुले एक अर्ब ३५ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनसम्म बैंकहरुबाट ९१ अर्ब ४४ करोड ३३ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार गत असारसम्म ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो । साउनसम्म बैंकहरुले एक करोड रुपैयाँ माथिको रेन्जको ५८ अर्ब १० करोड २२ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरको छन् ।
यसैगरी बैंकहरुबाट ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको १२ अर्ब ४७ करोड २९ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको १३ अर्ब ८१ करोड ५४ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको ७ अर्ब ५ करोड २८ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
साउनसम्म ५० लाख रुपैयाँ माथि १ करोड रुपैयाँसम्मको रेन्जको कर्जा ०.४ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ४.२ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ३.५ प्रतिशतले घटेको छ।
Advertisment