काठमाडौं : दुई महिनामा नेपालले १९ करोड भन्दा बढी बिस्कुट आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको दुई महिनामा नेपालले १९ करोड २७ लाख ९३ हजार रुपैयाँ बराबरको बिस्कुट आयात गरेकाे हाे ।
यस अवधिमा उक्त रकम बराबरको ७ लाख ९५ हजार ४४० केजी बिस्कुट आयात हुदाँ १५ करोड ८२ लाख ४९ हजार रुपैयाँ बराबरको राजस्व उठेको छ ।
विभागको तथ्यांक अनुसार यस अवधिमा भारतबाट धेरै बिस्कुट आयात भएको हो । भदौ मसान्तसम्म भारतबाट १५ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको ६ लाख ८४ हजार १७२ केजी बिस्कुट नेपाल आयात भएको छ ।
त्यस्तै बङगलादेशबाट १० लाख ६१ हजार रुपैयाँ बराबरको ३५ हजार ३० केजी, बेल्जीयमबाट २ लाख ८१ हजार रुपैयाँ बराबरको २ सय २७ केजी, चीनबाट १ करोड ६५ लाख १८ हजार बराबरको ५० हजार ४ सय १२ केजी बिस्कुट आयात भएको छ ।
यसै गरी यस अवधिमा मलेसियाबाट १ करोड ६७ लाख ५५ हजार रुपैयाँ बराबरको ४० हजार ६ सय ९९ केजी, स्पेनबाट ४७ लाख ३१ हजार रुपैयाँ बराबरको १६ हजार ३ सय ९५ केजी बिस्कुट नेपाल आयात भएको तथ्यांकमा उल्लेख छ ।
Advertisment