काठमााडौं : नेपाल धितोपत्र बोर्डले मुद्दती खातामा लगानी गर्ने भएको छ । बोर्डमा रहेको लगानी योग्य रकम र अक्षय कोषको रकम मुद्दती निक्षेपमा लगानी गर्ने भएको हो ।
बोर्डले “नेपाल धितोपत्र बोर्ड लगानी सम्बन्धी नीति २०६७” को अधिनमा रही एक वर्षे व्याज दर मा मुद्दती खातामा लगानी गर्न लागेको हो ।
इच्छुक “क“ बर्गका बैंकले सूचना प्रकाशित भएको पाँच कार्य दिन अर्थात असोज १६ गते कार्यालय समय भन्दा एक घण्टा अगाडि योग्यता खुल्ने आवश्यक कागजात सहित सिलवन्दी प्रस्ताव पेश गर्नुपर्नेछ ।
प्राप्त सिलबन्दी प्रस्तावहरु सिलबन्दी प्रस्ताव पेश गर्ने अन्तिम दिनको अपरान्ह ५ः१५ बजे बोर्डको कार्यालय, खुमलटार, ललितपुरमा खोलिने बोर्डले जनाएको छ । लगानी सम्बन्धी अन्तिम निर्णय बोर्डमा निहित रहनेछ । बोर्डको लगानी सम्बन्धी नीति तथा सिलवन्दी फाराम बोर्डको वेभसाइट मा राखिएको छ ।
Advertisment