Below Menu
Below Menu

दुई महिनाको अवधिमा सवा नौ करोडको मस्यौरा आयात

दुई महिनाको अवधिमा सवा नौ करोडको मस्यौरा आयात

काठमाडौं : नेपालले दुई महिनामा नाै‌ करोड भन्दा बढी मस्यौरा  आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको भदाै मसान्तसम्म नेपालले नाै‌ करोड ७९ लाख ९३ हजार रुपैयाँ बराबरको मस्यौरा आयात गरेकाे हाे ।

यस अवधिमा उक्त रकम बराबरको ३ करोड ३७ लाख १७ हजार ६५८ केजी आयात हुदाँ ३ करोड ८३ लाख १६ हजार रुपैयाँ बराबरको राजस्व उठेको छ ।

विभागको तथ्यांक अनुसार यस अवधिमा भारतबाट धेरै मस्यौरा आयात भएको हो । दुई महिनामा भारतबाट ८ करोड ३ लाख ३ हजार रुपैयाँ बराबरको ९ लाख ९७ हजार ८२६ केजी मस्यौरा नेपाल आयात भएको छ । 

त्यस्तै गरी यस अवधिमा क्यान्डाबाट ३ करोड ६ लाख ५८  हजार रुपैयाँ बराबरको  ३ लाख १९ हजार ९०४ केजी, युनाइटेडस्टेडबाट ५३ करोड ५७ लाख  ३९ हजार बराबरको  ६२ लाख ३७ हजार ५२८ केजी, र चीनबाट ५५ लाख ७६ हजार बराबरको  ३४ हजार मस्यौरा नेपाल आयात भएको तथ्यांकमा उल्लेख छ ।

Advertisment

थप समाचार