काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दाेहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा पुगेको हो । बिहिबार नेप्से ३२.८१ अंकले बढेर २४८६.७६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ४६ कम्पनीको शेयरमूल्य बढेको छ । भने १९३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज पाँच कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
आज कारोबार रकम पनि गिरावट रहेको छ । आज बजारमा ४ अर्ब ५ करोड ६ लाख रुपैयाँकाे काराेबार भएकाे छ । बिहिबार नेप्सेमा ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको थियो ।
आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड ९२ लाख ३० हजार ८२० रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयर मूल्य ६.५५ प्रतिशतले बढेको छ । आज अप्पर स्याङ्गे हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment