काठमाडौं : सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालित तीन वटा योजनाले इकाइधनीहरुलाई लाभांश घोषणा गरेका छन् । योजना व्यवस्थापक सिटिजन्स क्यापिटलको सञ्चालक समितिको आज बसेको बैठकले सिटिजन्स म्युचुअल फन्ड–१, सिटिजन्स म्युचुअल फन्ड–२ र सिटिजन्स सुपर ३० का इकाइधनीहरुलाई गत वर्षको मुनाफाबाट लाभांश वितरण गर्ने निर्णय गरेको हो।
गत आवको मुनाफा र सञ्चित कोषबाट सिटिजन्स म्युचुअल फन्ड–१ ले ९ प्रतिशत, सिटिजन्स म्युचुअल फन्ड–२ ले ६.५ प्रतिशत र सिटिजन्स सुपर ३० ले १० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो।
लाभांश वितरण प्रयोजनाका लागि तीनै योजनाले असोज २३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् । जसअनुसर असोज २२ गतेसम्म कायम इकाइधनीहरुले यी तीन योजनाको लाभांश पाउनेछन्।
Advertisment