काठमाडौं : काठाडमौं महानगरपालिकाले सहकारी प्रर्वद्धन कोषमा रकम जम्मा गर्न संस्थाहरुलाई आग्रह गरेको छ । सोमबार एक सूचना जारी गर्दै काठमाडौँ महानगरपालिका कार्य क्षेत्रभित्र रहेका सहकारी संस्थाहरूको प्रवर्धन तथा संस्थागत विकासका लागि रकम जम्मा गर्न भनेको हो ।
काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा (४९) को उपदफा (१) र सहकारी नियमावली, २०८० को नियम (१८) उपनियम (१) अनुसार संस्थाले सहकारी व्यवसायको प्रवर्धन गर्नका लागि ऐनको दफा (४७) बमोजिम जगेडा कोषमा सोही दफाको उपदफा (२) को खण्ड (क) बमोजिमको रकम छुट्याई बाँकी रहेको रकमको शून्य दशमलव पाँच प्रतिशत (जगेडा कोषको) ले हुन आउने रकम महानगर सहकारी प्रवर्धन कोषमा वार्षिक रूपमा जम्मा गर्नुपर्ने व्यवस्था छ ।
यो व्यवस्था कार्यान्वयन भएकोले महानगर सहकारी प्रवर्धन कोषको खाता नं. ००१४१५०१०७७२६००२ (एन आई सी एशिया बैंक लि.) मा ऐ. ऐन र नियमावलीले तोकिए बमोजिम रकम जम्मा गर्न सहकारी संस्थाहरू महाजनगरले आग्रह गरेको हो ।
Sponsored Advertisment
Advertisment