Below Menu
Below Menu

सामलिङ पावर कम्पनीको लकइन पिरियड कात्तिक १५ गते सकिदै

सामलिङ पावर कम्पनीको लकइन पिरियड कात्तिक १५ गते सकिदै

काठमाडौं : सामलिङ पावर कम्पनीको साधारण शेयर बिक्री (लकइन पिरियड) कात्तिक १५ गतेबाट सकिने भएको छ । कम्पनीले संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि छुट्याएको शेयरको लकइन पिरियड खुल्ला गर्न लागेको हो ।

कम्पनीले २०७८ कात्तिक १६ गते कम्पनीका संस्थापक शेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीहरुका लागि ४२ लाख ८४ हजार ६०० कित्ता शेयर बाँडफाँट गरी तिन वर्षका लागि लकइनमा राखेको थियो । उक्त शेयरको लाकइन पिरियड खुल्ला गर्न लागिएको कम्पनीले जनाएको छ । लकइन अवधि सकिएपछि उक्त शेयर बजारमा थपिनेछ ।

कम्पनीले संस्थापक शेयरधनीहरुको ३७ लाख ७० हजार कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाहरुको५  लाख र कर्मचारीहरूको १४ हजार ६०० कित्ता शेयर बाँडफाँट गरेको थियो । लक इन अवधि सकिएपछि कम्पनीले होल्ड गरेको शेयर कारोबारका लागि योग्य हुनेछ ।

Advertisment

थप समाचार