Side Logo

दुई महिनामा चार करोड बढीकाे च्याउ आयात, भारतबाट सर्वाधिक

दुई महिनामा  चार करोड बढीकाे  च्याउ आयात, भारतबाट सर्वाधिक

काठमाडाै‌‍ :  दुई महिनाको अवधिमा नेपालले ४ लाख भन्दा बढीको च्याउ आयात गरेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक बर्षको भदौमसान्तसम्म नेपालमा ४ लाख २ हजार च्याउ आयात भएको छ ।

यस अवधिमा उक्त रकम बराबरको ५ हजार ३४८ केजी च्याउ आयात हुँदा १० लाख ७९ हजार रुपैयाँ बराबरको राजस्व उठेको छ ।

विभागको अनुसार दुई महिनाको अवधिमा भारतबाट सर्वाधिक च्याउ आयात भएको हो । भदौमसान्तसम्म  भारतबाट १७ लाख ९८ हजार रुपैयाँ बराबरको ७ सय ५४ केजी च्याउ नेपाल आयात भएको छ ।

त्यसै गरी चिनबाट २ लाख ८४ हजार रुपैयाँ बराबरको ५४ केजी आयात भएको छ । त्यस्तै अन्य च्याउ चिनबाट ५ लाख ४५ हजार रुपैयाँ बराबरको  ३ हजार १३३ केजी, थाइल्यान्डबाट १६ लाख ७४ हजार बराबरको १ हजार ४ सय केजी च्याउ नेपाल आयात भएको तथ्यांकमा उल्लेख छ ।
 

Sponsored Advertisment

Advertisment