काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा पुगेको हो । आइतबार नेप्से २२.३६ अंकले घटेर २४६४.४० बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २१० कम्पनीको शेयरमूल्य बढेको छ । भने ३३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि पनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा चार अर्ब ५ करोड ६ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १७ करोड ६९ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा सिइडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । आज यी कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । आज प्रभु सेलेक्ट फण्डको शेयरमूल्य ९ प्रतिशतले घटेको छ ।
Advertisment