Side Logo

दुई महिनामा नेपालले बेच्यो झण्डै ९० लाखको अगरबत्ती

दुई महिनामा नेपालले बेच्यो झण्डै ९० लाखको अगरबत्ती

काठमाडौं : चालु आर्थिक बर्षको भदौ मसान्तसम्म नेपालले ८९ लाख भन्दा बढीको अगरबत्ती निर्यात गरेको छ । भन्सार विभागको  तथ्यांक अनुसार यस अवधिमा नेपालले ८९ लाख ९० हजार रुपैयाँ बराबरको २९ हजार ३६८ केजी अगरबत्ती निर्यात गरेको हो । 

विभागको तथ्यांक अनुसार यस अवधिमा नेपालले स्पेनमा सर्वाधिक रुपमा अगरबत्ती निर्यात गरेको हो । भदौ मसान्तसम्म नेपालबाट २० लाख ११ हजार रुपैयाँ बराबरको ५ सय ५० केजी अगरबत्ती स्पेन निर्यात भएको छ ।

त्यसैगरी अस्टे«लियामा ६ लाख ६५ हजार रुपैयाँ बराबरको १ हजार १७० केजी, बेल्जियममा  १ लाख २० हजार रुपैयाँ बराबरको ३ सय १० केजी, क्यानडामा ७ लाख ४१ हजार रुपैयाँ बराबरको १९१ केजी, चिनमा १९ लाख ९६ हजार रुपैयाँ बराबरको २१ हजार ९३ केजी,  फा्रन्समा ४ लाख ३६ हजार रुपैयाँ बराबरको ७ सय ९० केजी अगरबत्ती निर्यात भएको छ ।

 त्यस्तै अन्य देश जर्मनि १० लाख ३२ हजार रुपैयाँ बराबरको १४० केजी, भारतमा ९५ हजार रुपैयाँ बराबरको २ हजार ५ सय केजी, मलेसियामा २ लाख ६९ हजार रुपैयाँ बराबरको ७ सय ८६ केजी, अमेरिकाममा १६ लाख २७ हजार रुपैयाँ बराबरको १ हजार ३ सय ४ केजी अगरबत्ती नेपालबाट निर्यात भएको  तथ्यांकमा उल्लेख छ ।  

 


 

Sponsored Advertisment

Advertisment