Below Menu

लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले डाक्यो साधारण सभा, बुकक्लोज कहिले ?

लाभांश प्रस्ताव पारित गर्न हाथवे इन्भेष्टमेन्ट नेपालले डाक्यो साधारण सभा,  बुकक्लोज कहिले ?

काठमाडौं : हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले कात्तिक २५ गते साधारणसभा बोलाएको छ । कम्पनीले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो । 

Sponsored Advertisement

उक्त सभा आम्रपाली  ब्याङ्केट, काठमाडौंमा बिहान १० बजे हुनेछ । सभाले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस शेयर र साेकाे कर प्रयोजनका लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसका साथै सभाले प्रबन्धपत्र तथा नियमवाली संशोधन गर्न सञ्चालक समितिले अख्तियारी दिने, कम्पनीको लेखा परिक्षक नियुक्ति गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्ने छ ।

सधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले कात्तिक ७ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । जस अनुसार कात्तिक ६ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र कम्पनीले वितरण गर्ने लाभांश पाउनेछन् ।  
 

थप समाचार