काठमाडौं : साताको तेस्रो कारोबार दिन मंगलबार (आज) शेयर बजार उच्च अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा पुगेको हो । सोमबार नेप्से ४४.४५ अंकले बढेर २५०८.८६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका २४३ कम्पनीको शेयरमूल्य बढेको छ । भने एक कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब ६१ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । सोमबार नेप्सेमा तीन अर्ब ७१ करोड ५३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज एनएलजी इन्स्योरेन्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
आज १८ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । सर्वाधिक मूल्य बढ्नेमा अधिकांश फाइनान्स कम्पनी रहेका छन् । आज एनएमबी–५० फण्डको शेयरमूल्य ३ प्रतिशतले घटेको छ ।
Sponsored Advertisment
Advertisment