Side Logo

प्रभु महालक्ष्मी लाइफ र गुँरास लघुवित्तको शेयरमूल्य समायोजन 

प्रभु महालक्ष्मी लाइफ र गुँरास लघुवित्तको शेयरमूल्य समायोजन 

काठमाडौं : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको शेयरमूल्य समायोजन भएको छ । मंगलबार नेप्सेले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य समायोजन गरेको हो । 

यी दुई कम्पनीले लाभांश वितरण प्रयोजनका लागि आज बुक क्लोज गरेसँगै अन्तिम कारोबारको आधारमा मूल्य समायोजन गरी नेप्सेले नयाँ मूल्य निर्धारण गरेको हो । नेप्सेका अनुसार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस पछिको शेयरमूल्य ५५० रुपैयाँमा समायोजन भएको छ । इन्स्योरेन्सको अन्तिम कारोबार ६०५ रुपैयाँमा भएको थियो ।  

त्यस्तै गुराँस लघुवित्त वित्तीय संस्थाको १४.२५ प्रतिशत बोनसपछिको शेयरमूल्य १५९१ दशमलव ९५ रुपैयाँमा समायोजन भएको नेप्सेले जनाएको छ । संस्थाको अन्तिम कारोबार १८१८ दशलमव ८० रुपैयाँमा भएको थियो । 

Sponsored Advertisment

Advertisment