काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी पीडितको समस्या समाधान गर्न सरकार गम्भिर रहेको बताएका छन् । मंगलबार पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले बचतकर्तको डुबेको बचत फिर्ता गराउने सन्दर्भमा सरकार लागि परेको बताए ।
पत्रकार सम्मेलनमा बोल्दै उनले सहकारीमा फसेको कतिपय बचतकर्ताको रकम भने फिर्ता गर्न नसकिने बताएका छन् । प्रधानमन्त्री ओलीले भने, ‘सहकारीका केही सञ्चालकहरुले ‘उल्फाको धन, फूपुको सराद्द’ भनेझैँ मनोमानी रुपमा खर्च गरेका कारण त्यस्तो रकम भने फिर्ता गर्न नसकिने देखिन्छ । केही सहकारीको बचत फिर्ता गराउने स्थिती होला । कोही कोहीको नहोला । त्यस विषयमा अध्ययन भईरहेको छ ।’
सागै उनले कानुनी प्रक्रिया अनुसार अपचलन भएको रकम उठाएर बचत फिर्ता गरिने बताए ।
Sponsored Advertisment
Advertisment