काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ११४.७० अंकले बढेर २६२३.५६ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका ५४ कम्पनीको शेयरमूल्य बढेको छ । भने १८७ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार घटेसँगै कारोबार रकममा पनि गिरावट देखिएको छ । आज बजारमा छ अर्ब ७७ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा सात अर्ब ६१ करोड ६५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २८ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पानीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment