Below Menu
Below Menu

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा स्थानान्तरित शाखाको समुद्घाटन 

सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा स्थानान्तरित शाखाको समुद्घाटन 

काठमाडौं : सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको लगनखेल शाखाले आज एक कार्यक्रममाझ आफ्नो स्थानान्तरित शाखाको समुद्घाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राज कुमार अर्याल तथा ललितपुर महानगरपालिकाका वडा नं ६ का वडा अध्यक्ष रुपेन्द्र राज शाक्यबाट संयुक्त रुपमा समुद्घाटन सुसम्पन्न भएको हो ।

उक्त कार्यक्रममा कम्पनीका प्रमुख बजार अधिकृत श्री गणेश चौलागाई, बागमती प्रदेश प्रमुख श्री लोकमाया अधिकारी, लगनखेल शाखाका शाखा प्रमुख श्री भुवन केसी, कर्मचारीहरु तथा सिनियर एजेन्सी मेनेजर लगायत अभिकर्ताहरु सामेल भएका थिए । 

ग्राहकलाई अझ बढी छिटो जीवन बीमा सेवा प्रदान गर्न शाखाको स्तरोन्नती गरी स्थानान्तरण गरिएको र आगामी दिनहरुमा ग्राहकमुखि सेवा दिंदै जाने कम्पनीको उद्देश्य रहेको छ ।

 

 

 

Advertisment

थप समाचार