Below Menu
Below Menu

हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न नेपाल वेयर हाउजिङ्गले डाक्यो साधारणसभा

हकप्रद निष्कासनको प्रस्ताव पारित गर्न नेपाल वेयर हाउजिङ्गले डाक्यो साधारणसभा

काठमाडौं : नेपाल वेयर हाउजिङ्ग कम्पनी लिमिटेडले कात्तिक ७ गते साधारणसभा बोलाएको छ ।कम्पनीले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्न सो दिन विशेष साधारण सभा बोलाएको हो । 

उक्त अमृतभोग क्याटरर, प्रालि, कालिकास्थान, काठमाडौँमा दिउँसो ३ बजे शुरु हुनेछ। सभाले हाल कायम चुक्ता पूँजीको १ बराबर १ अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्ने छ । यसका साथै हकप्रद जारी गर्न प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गर्नेछ।

विशेष साधारण सभा प्रयोजनका लागि कम्पनीले कात्तिक २ गते शुक्रबार, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। जसअनुसार कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

Advertisment

थप समाचार