Below Menu
Below Menu

हकप्रद जारी गर्ने प्रस्तावसहित एनएलजी इन्स्योरेन्सले बाेलायाे विशेष साधारणसभा 

हकप्रद जारी गर्ने प्रस्तावसहित एनएलजी इन्स्योरेन्सले बाेलायाे विशेष साधारणसभा 

काठमाडौं : एनएलजी इन्स्योरेन्स कम्पनीले कात्तिक ७ गते विशेष साधारण सभा बोलाएको छ । कम्पनीले १०ः६.२५६ को अनुपातमा हकप्रद शेयर जारी गर्ने प्रस्तावसहित साधारणसभा बोलाएको हो । उक्त सभा सो दिन आम्रपाली ब्यांक्वेट, थिरबम सडक बालुवाटार काठमाडौंमा बिहान १०ः३० बजे सुरु हुनेछ । 

सभामा कम्पनीले ६२.५६ प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १०ः६.२५६ अनुपातमा ९६ लाख ३१ हजार २२० दशमलव २२ कित्ता हकप्रद जारी गर्न अनुमति दिइसकेको छ । 

हाल यस कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड ९२ लाख ७५ हजार ७९० रुपैयाँ रहेको छ । हकप्रद निष्कासनपछि यस कम्पनीको चुक्ता पुँजी २ अर्ब ४२ करोड २३ लाख रुपैयाँ पुग्नेछ । हकप्रद शेयर निष्कासनका लागि कम्पनले लक्ष्मी सनराईज क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । 

सभा प्रयोजनका लागि कम्पनीले असोज २२ गते बुक क्लोज गर्नेछ । जस अनुसार असोज २१ गतेसम्म कायम शेयरधनीले मात्र सभामा सहभागिता जनाउन सक्नेछन् ।  


 

Advertisment

थप समाचार