Below Menu
Below Menu

मारुती सिमेन्ट्सले चार प्रतिशत लाभांश दिने  

मारुती सिमेन्ट्सले चार प्रतिशत लाभांश दिने  

काठमाडौं : मारुती सिमेन्ट्स लिमिटेडले लाभांश घोषणा गरेको छ  । कम्पनीको मंगलबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

कम्पनीले हाल कायम चुक्ता पुँजीको ४ प्रतिशतका कर सहित नगद लाभांश दिने घोषणा गरेको हो । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ११ गते साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन बिहान ११ः३० बजे कम्पनीको रजिष्र्टर्ड कार्यालय विराटनगरमा हुनेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, प्रस्तावित लाभांश पारित गर्ने र गत वर्षमा कम्पनीको सञ्चालक समितिले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रदान गरेको एक लाख भन्दा बढीको रकम अनुमोदन गर्ने छ । 
 

Advertisment

थप समाचार