काठमाडौं : हिमालयन एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अन्जु श्रेष्ठ नियुक्त भएकी छिन् । असोज १६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले आगामी चार वर्षका लागि श्रेष्ठलाई सीईओमा नियुक्त गरेको हो ।
हाल कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रहेकी श्रेष्ठलाई असोज १८ गतेदेखि लागू हुने गरी आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको हो ।
Advertisment