काठमाडौं : एलसी इनर्जी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १२ गते साधारणभा बोलाएको हो ।
उक्त सभा सो दिन कम्पनीको रजिष्टर्ड कार्यालय बुद्दनगरमा बिहान १०ः३० बजे हुनेछ । सभाले गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन, आयव्यय विवरण र वासलत माथि छलफल गर्ने र चालु आवको लागि लेखापरीक्षक नियुक्ती गरी निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ ।
यसका साथै सभाले कम्पनीको पुँजी संरचना परिवर्तन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सार्वजनिक निष्कासन मार्फत शेयर जारी गर्ने र आईपीओ निष्कासनका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।
Advertisment