Below Menu
Below Menu

आँखुखोला जलविदयुत कम्पनीको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

आँखुखोला जलविदयुत कम्पनीको लिलामी शेयरमा बोलपत्र पेश गर्ने आज अन्तिम दिन

काठमाडौं : आँखुखोला जलविदयुत कम्पनी लिमिटेडले असोज ११ गतेदेखि लिलाम प्रक्रियामार्फत बिक्रीमा ल्याएको अवतरित हकप्रद शेयरका लागि बोलपत्र पेश गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले १७ लाख ५० हजार २४८ कित्ता शेयर शिलबन्दी बोलपत्र  प्रक्रिया मार्फत बिक्रीमा ल्याएको हो । सो  शेयरमा इच्छुक जो कोही व्यक्ति, कम्पनी, संघ, संस्थाहरुले बोलपत्र पेश गर्न सक्नेछन् ।

शेयरको न्यूनतम मुल्य १०० रुपैयाँ तोकिएको छ । बोलपत्र पेश गर्दा सो वा सो भन्दा बढी मूल्य अंकित गरी पेश गर्नुपर्नेछ । साथै शेयर खरिदका लागि न्यूनतम हजार कित्ताको लागि न्यूनतम १०० कित्ताको लागि आवेदन दिनु पर्ने छ । 

आवेदन कम्पनीको शेयर बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंक लिमिटेडको कार्यालय नारायण चौर नक्साल, काठमाडौंमा वा नबिल बैंकको शाखा कार्यालय विर्तामोड, विरगञ्ज, हेटौडा, पोखरा, नेपालगञ्ज, सुर्खेत र धनगढीमा पेश गर्नुपर्नेछ ।

Advertisment

थप समाचार