Below Menu
Below Menu

शेयर बजारमा उच्च अंकको सुधार, बढ्न सकेन कारोबार

शेयर बजारमा उच्च अंकको सुधार, बढ्न सकेन कारोबार

काठमाडौं : साताको पहिलो कारोबार दिन आइतबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा पुगेको हो । बुधबार नेप्से २६.०७ अंकले घटेर २५९७.४९ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २१९ कम्पनीको शेयरमूल्य बढेको छ । भने २३ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा छ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा छ अर्ब ७७ करोड ८१ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज साहस उर्जा कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ६३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा न्यादी हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पानीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज वीन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार