काठमाडौं : युनिलिभर नेपाल लिमिटेडले कात्तिक १२ गते साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको हो ।
उक्त सभा सो दिने द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो साढे ४ बजे शुरु हुनेछ। सभाले प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले असोज २८ गतेदेखि कात्तिक १२ गतेसम्म बुकक्लोज गर्ने भएको छ। जसअनुसार असोज २३ गतेसम्म कायम शेयरधनीहरुले मात्र कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।
Advertisment