Below Menu
Below Menu

आँखुखोला जलविद्युत कम्पनीले यस वर्ष लाभांश नदिने, कात्तिक १२ गते बोलायो साधारणसभा 

आँखुखोला जलविद्युत कम्पनीले यस वर्ष लाभांश नदिने, कात्तिक १२ गते बोलायो साधारणसभा 

काठमाडौं : आँखुखोला जलविद्युत कम्पनीले कात्तिक १२ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको आइतबार बसेको सञ्चालक समितिको बैठकले सो दिन काठमाडौंको मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजेबाट साधारणसभा गर्ने निर्णय गरेको हो । 

सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन अनुमोदन गर्ने, चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । 

उक्त बैठकले यस वर्ष शेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । यसका साथै हकप्रद शेयर पनि प्रस्ताव नगरिएको कम्पनीले जनाएको छ। हाल कम्पनीको चुक्तापुँजी २ अर्ब रुपैयाँ रहेको छ।

वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले कात्तिक ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको वार्षिक साधारणसभामा भाग लिन पाउनेछन्।

Advertisment

थप समाचार