काठमाडौं : साताको दोस्रो कारोबार दिन सोमबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३७.१३ अंकले बढेर २६९०.७२ बिन्दुमा पुगेको हो । आइतबार नेप्से ५६.०९ अंकले बढेर २६५३.५८ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १७६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ६६ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज दुई कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब नौं करोड ५९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार नेप्सेमा छ अर्ब १३ करोड ८२ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज चन्द्रागिरी हिल्स लिमिटेडको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २६ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा थ्री स्टार हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पानीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज इस्टर्न हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment