Below Menu
Below Menu

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल 

स्टार माइक्रो इन्स्योरेन्सले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा गरिमा क्यापिटल 

काठमाडौं : स्टार माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणमा प्राथमिक शेयर आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ प्रत्याभूति व्यवस्थापनको कार्य गर्न गरिमा क्यापिटलसँग सम्झौता गरेको छ । 

इन्स्योरेन्स कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा २२ करोड ५० लाख रुपैयाँ बराबरको २२ लाख ५० हजार कित्ता शेयर निष्कासन गर्न लागेको हो ।

गरिमा क्यापिटल लिमिटेडको कमलपोखरी स्थित प्रधान कार्यालयमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निर्मल भट्टराई र स्टार माइक्रो इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विश्व राम तिमिलाले असोज २० गते उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । 

स्टार माइक्रो इन्स्योरेन्स कम्पनी २०७९ पुष १४ मा दर्ता भइ २०८० भदौ १ गतेदेखि निर्जीवन लघु बीमाको इजाजत पत्र प्राप्त गरी लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आइरहेको छ ।
 

Advertisment

थप समाचार