Below Menu
Below Menu

राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत 

राष्ट्र बैंकद्वारा आशा लघुवित्तको लाभांश स्वीकृत 

काठमाडौं : नेपाल राष्ट्र बैंकले आशा लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षका लागि प्रस्ताव गरेको लाभांश स्वीकृत गरेको छ। संस्थाले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई चुक्तापुँजीको ६४ करोड १६ लाख १६ हजार रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने ९ करोड ६२ लाख ४२ हजार ४०० रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको थियो। 

जसमा १४.२५ प्रतिशतले हुन आउने नौ करोड १४ लाख ३० हजार २८० रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनका लासिग ०.७५ प्रतिशतले हुन आउने ४८ लाख १२ हजार १२० रुपैयाँ नगद लाभांश रहेको छ । प्रस्तावित लाभांश स्वीकृतिका लागि संस्थाले राष्ट्र बैंकसमक्ष पेस गरेको थियो।

उक्त लाभांश संस्थाको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुमा वितरण हुनेछ । 
 

Advertisment

थप समाचार