Below Menu
Below Menu

मेडिकेयर हस्पिटलले १५ प्रतिशत लाभांश दिने, कात्तिक १९ गते बोलायो साधारणसभा 

मेडिकेयर हस्पिटलले १५ प्रतिशत लाभांश दिने, कात्तिक १९ गते बोलायो साधारणसभा 

काठमाडौं : मेडिकेयर हस्पिटल लिमिटेडले कात्तिक १९ गते वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरलाई लाभांश दिने प्रस्तावसहित साधारणसभा बोलाएको हो । 

कम्पनीको बिहिबार बसेको सञ्चालक समितिको बैठकले सो दिन बिहान ११ बजे आकामा होटल धुम्बाराही काठमाडौंमा साधारणसभा गर्ने निर्णय गरेको हो । 

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्ने छ । 

यसका साथै सभाले गत वर्षको मुनाफा तथा सञ्चित रकमबाट शेयरधनीहरुलाई चुक्ता पुँजीको १५ प्रतिशतका दरले हुन आउने कर सहितको छ करोड ७५ लाख रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ । 

यसका साथै सभाले कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सर्वसाधारणमा प्रिमियममा शेयर जारी गर्ने, आईपीओ जारी पश्चात प्राप्त पूँजीको उपयोग गर्ने र आईपीओ जारी गर्नका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिनेविशेष प्रस्ताव पारित गर्ने छ । 

Advertisment

थप समाचार