Below Menu
Below Menu

सिटिजन्स बैंक र युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

सिटिजन्स बैंक र युनिलिभर नेपालको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : युनिलिभर नेपाल र सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। यी दुई कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि युनिलिभर नेपालले असोज २८ गतेदेखि र सिटिजन्स बैंकले असोज २९ गते बुकक्लोज गर्दैछ। 

जस अनुसार भोलि (असोज २४ गतेदेखि) असोज २८ गतेसम्म दशैँ बिदाका कारण शेयर कारोबार बन्द हुने भएकोले आजसम्म कायम शेयरधनीहरुले यी कम्पनीहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी कम्पनीहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

युनिलिभर नेपाल लिमिटेडले गत आवको मुनाफाबाट प्रतिकित्ता १ हजार ७१४ रुपैयाँका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न कम्पनीले  कात्तिक १२ गते साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन द एभरेष्ट होटल, नयाँ बानेश्वर, काठमाडौँमा दिउँसो साढे ४ बजे शुरु हुनेछ।

यसका साथै सभाले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सामाजिक र सामुदायिक परियोजनाहरुमा आर्थिक योगदानको लागि प्रस्ताव पारित गर्नेछ। सभाले लेखापरीक्षकको नियुक्ति पनि गर्नेछ।

त्यसैगरी, सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवको प्रस्तावित लाभांश पारित गर्न कात्तिक १२ गते साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार, काठमाडौँमा बिहान ९ बजे शुरु हुनेछ।

बैंकले हाल कायम चुक्ता पूँजीको ४ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२१ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव गरेको थियो । यसका साथै सभाले सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने वा प्राप्ति गर्ने तथा वैदेशिक रणनीतिक साझेदारीमा जान उपयुक्त देखिएमा सो सम्बन्धि कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार