Below Menu
Below Menu

नेशनल लघुवित्तकाे २९ हजार बढी कित्ता शेयर बिक्रीमा 

नेशनल लघुवित्तकाे २९ हजार बढी कित्ता शेयर बिक्रीमा 

काठमाडौं : नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले २९ हजार ८११ कित्ता शेयर बिक्रीमा ल्याएको छ । संस्थाले सात जना  शेयरधनीहरुको नाममा रहेको शेयर विद्ययमान संस्थापक शेयरधनीहरुले मात्र खरिद गर्न पाउने गरि बिक्रीमा ल्याएको हो ।

शेयर खरिद गर्न चाहाने इच्छुक खरिदकर्ताहरुले सूचना प्रकाशित भएको ३५ दिन भित्र आवश्यक कागजात संकलन गरी संस्थाको केन्द्रीय कार्यालय, बनेपा वडा नं १०, काभ्रेपलान्चाेकमा आवेदन पेश गर्न सक्नेछन्। 

साथै तोकिएको समयमा संस्थापक शेयरधनीहरुबाट आवेदन पेश नभएमा संस्थाले कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई शेयर बिक्री गर्ने जनाएको छ ।

Advertisment

थप समाचार