Below Menu
Below Menu

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने 

नेपाल पेमेन्ट सोलुसनले आईपीओ निष्कासन गर्ने 

काठमाडौं : नेपाल पेमेन्ट सोलुसन लिमिटेडले सर्वसाधारणभा प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको बैठकले आईपीओ जारी गर्ने प्रस्तावसहित कात्तिक १४ गते साधारणसभा बोलाएको छ । 

उक्त सभा सो दिन दिउँसो २ बजे कम्पनीको रजिष्टर्ड कार्यालय गैरिधारामा हुनेछ । सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन माथि छलफल गर्ने, लेखापरीक्षण प्रतिवेदन स्वीकृति गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गर्नेछ । 

यसका साथै सभाले कम्पनीको रिक्त पदमा सञ्चालक नियुक्त गर्ने, सर्वसाधारणमा आईपीओ जारी गर्ने, चुक्ता पुँजी वृद्धि गर्ने, प्रबन्धपत्र तथा नियमाववलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने र मर्जर तथा प्राप्ति सम्बन्धी विशेष प्रस्ताव पारित गर्ने छ । 
 

Advertisment

थप समाचार