Below Menu
Below Menu

एनआइबीएल ग्रोथ फण्डको नगद लाभांश खातामा जम्मा 

एनआइबीएल ग्रोथ फण्डको नगद लाभांश खातामा जम्मा 

काठमाडौं : एनआइबीएल ग्रोथ फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ । फन्डले सोमबारदेखि इकाइधनीलाई बैंक खातामा नगद लाभांश वितरुण गर्न थालेको हो ।

साथै फन्डको योजना व्यवस्थापक एनआइएमबी एस क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।  

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइएमबी एस क्यापिटलले जनाएको छ । फन्डले गत आवको मुनाफाबाट करसहित ६.३५ प्रतिशत नगद लाभांश वितरण गरेको हो ।

Advertisment

थप समाचार