काठमाडौं : साताको चौथो कारोबार दिन बुधबार (आज) शेयर बजार सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४.८७ अंकले बढेर २६६८.१७ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से १७.३९ अंकले घटेर २६६३.२२ बिन्दुमा बन्द भएको थियो ।
आज कारोबारमा आएका १३० कम्पनीको शेयरमूल्य बढेको छ । भने १०२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज ११ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।
शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब ७६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा चार अर्ब ५० करोड ३७ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।
आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज २२ करोड एक लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।
सर्वाधिक मूल्य बढ्नेमा मिड सोलु हाइड्रोपावर कम्पनी रहेको छ । आज यस कम्पानीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज थ्री स्टार हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ ।
Advertisment