Below Menu
Below Menu

रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन 

काठमाडौं : रु रु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात असोज ३० गते, बुकक्लोज गर्दैछ।

जसअनुसारआजसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्। कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७८९ प्रतिशतका दरले नगद लाभांश वितरण गरेको छ । 

यसका साथै कम्पनीले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ८० प्रतिशत अर्थात हाल कायम १० कित्ता बराबर नयाँ ८ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने घोषणा पनि गरेको छ। उक्त प्रस्ताव पारित गर्न कम्पनीले कात्तिक ११ गते साधारणसभा बोलाएको छ । 

उक्त सभा सो दिन लिसार ब्याङकेट, नक्साल, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

Advertisment

थप समाचार