नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रोपावरमा १० करोड लगानी गर्ने 

नेपाल हाइड्रो डेभलपरले सुपर खुदी हाइड्रोपावरमा १० करोड लगानी गर्ने 

काठमाडौं : नेपाल हाइड्रो डेभलपर लिमिटेडले सुपर खुदी हाइड्रोपावरमा शेयर लगानी गर्ने भएको छ।

असोज २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सुपर खुदी हाइड्रोपावरद्वारा प्रवर्द्धित माथिल्लो खुदी जलविद्युत आयोजना (२६ मेवा) मा अधिकतम १० करोड रुपैयाँ लगानी गर्ने निर्णय गरेको हो।

कम्पनीले सुपर खुदी हाइड्रोपावरमा प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल १० लाख कित्ता शेयरसम्म लगानी गर्ने भएको हो । 

थप समाचार