लिबर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति 

लिबर्टी इनर्जीले पायो ५० प्रतिशत हकप्रद जारी गर्न बोर्डको अनुमति 

काठमाडौं : लिबर्टी इनर्जी कम्पनीले ५० प्रतिशत हकप्रद शेयर निष्कासन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले गत असोज २३ गते कम्पनीलाई हकप्रद शेयर निष्कासन गर्न अनुमति दिएको हो।

बोर्डको अनुमति पाएसँगै कम्पनीले चुक्तापुँजीको १ः०.५ अनुपातमा अर्थात ५० प्रतिशत हकप्रद शेयर शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ७५ लाख कित्ता हकप्रद शेयर जारी गर्नेछ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ५० करोड रुपैयाँ रहेको छ । हकप्रद शेयर बिक्री कम्पनीको चुक्तापुँजी २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ। लिबर्टी इनर्जीको हकप्रद बिक्री प्रबन्धकमा प्रभु क्यापिटल रहेको छ।

थप समाचार