Below Menu
Below Menu

दशैँपछि खुलेको शेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार

दशैँपछि खुलेको शेयर बजारमा दोहोरो अंकको सुधार, बढ्न सकेन कारोबार

काठमाडौं : दशैँपछि खुलेको पहिलो कारोबार दिन शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४.८७ अंकले बढेर २६६८.१७ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २०५ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज छ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार बढेपनि कारोबार रकममा भने गिरावट देखिएको छ । आज बजारमा तीन अर्ब छ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा तीन अर्ब ७६ करोड १५ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज गुडबिल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १८ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा जानकी फाइनान्स कम्पनी र मिथिला लघुवित्त वित्तीय संस्था रहेका छन् । आज यस कम्पानीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज मिड सोलु हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार