Below Menu
Below Menu

रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब 

रेमिट्यान्स आप्रवाह १५ प्रतिशतले बढ्यो, दुई महिनामा भित्रियो दुई खर्ब ६३ अर्ब 

काठमाडौं : चालु आर्थिक वर्षको दुई महिनामा साढे दुई खर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा यस्तो देखिएको हो ।

यस अवधिमा विप्रेषण आप्रवाह १५.२ प्रतिशतले वृद्धि भई २ खर्ब ६३ अर्ब १४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १८.७ प्रतिशतले बढेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १ अर्ब ९६ करोड पुगेको छ । अघिल्लोवर्ष यस्तो आप्रवाह १ अर्ब ७३ करोड रहेको थियो । यस अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या ७६ हजार ४८५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ४० हजार ५८३ रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या क्रमशः ७४ हजार ४५५ र ३२ हजार ४ रहेको थियो ।

समीक्षा अवधिमा खुद द्वितीय आय (खुद ट्रान्सफर) रु.२८६ अर्ब ४५ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय २५१ अर्ब ६५ करोड रहेको थियो ।
 

Advertisment

थप समाचार