काठमाडौं : पछिल्लो समय शेयर धितो कर्जा बढेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमार्फत संस्थागत लगानीकर्तालाई शेयर धितो कर्जाको क्याप हटाइदिएसँगै यस्तो कर्जा बढ्न थालेको हो ।
चालु आर्थिक वर्षको दुई महिनामा बैंकहरुले थप नौं अर्ब ६७ करोड रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार भदौं मसान्तसम्म बैंकहरुबाट ९९ अर्ब ७६ करोड ६७ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह भएको छ ।
राष्ट्र बैंकका अनुसार असार मसान्तसम्मको तुलनामा यस अवधिमा १०.७ प्रतिशतले शेयर धितो कर्जा बढेको छ । गत असारसम्म बैंकहरुबाट ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
भदौंसम्म बैंकहरुले एक करोड रुपैयाँ माथिको रेन्जको ६५ अर्ब ९३ करोड १४ लाख रुपैयाँ शेयर धितो कर्जा प्रवाह गरेका छन् । जुन असार मसान्तसको तुलनामा १७.९ प्रतिशतले बढी हो । गत असारसम्म बैंकहरुले एक करोड माथिको रेञ्जको ५५ अर्ब ९३ करोड २ लाख रुपैयाँ कर्ज लगनी गरेका थिए ।
यसैगरी बैंकहरुबाट ५० लाख रुपैयाँदेखि एक करोड रुपैयाँसम्मको १२ अर्ब ८१ करोड ९८ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको १३ अर्ब ९८ करोड ९० लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्मको रेन्जको ७ अर्ब २ करोड ५४ लाख रुपैयाँ कर्जा प्रवाह भएको छ ।
भदौंसम्म ५० लाख रुपैयाँ माथि एक करोड रुपैयाँसम्मको रेन्जको कर्जा ३.२ प्रतिशतले बढेको छ भने २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा ३ प्रतिशत र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ३.९ प्रतिशतले घटेको छ ।
असारसम्म बैंकहरुबाट ५० लाख रुपैयाँ माथि एक करोड रुपैयाँसम्मको रेन्जको कर्जा १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ, २५ लाख रुपैयाँदेखि ५० लाख रुपैयाँसम्मको रेन्जको कर्जा १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ र २५ लाख रुपैयाँसम्को रेन्जको कर्जा ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ कर्जा प्रवाह भएको थियो ।
Advertisment