काठमाडौं : एनएमबि क्यापिटलले १७ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई करसहित १७ प्रतिशत नगद लाभांश दिने घोषणा गरेको हो ।
उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक ३० गते शुक्रबार साधारणसभा बोलाएको छ । उक्त सभा सो दिन दिउँसो ४ बजे होलिडे इन एक्सप्रेस नक्साल काठमाडौंमा हुनेछ ।
सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनमाथि छलफल गर्ने, चालु आवका लागि लेखापरीक्षक नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने र लाभांश प्रस्ताव पारित गर्नेछ ।
Advertisment