Below Menu
Below Menu

सवा छ सय अंकले नेप्से बढ्दा साढे ११ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति  

सवा छ सय अंकले नेप्से बढ्दा साढे ११ खर्बले बढ्यो लगानीकर्ताको सम्पत्ति  

काठमाडौं : पछिल्लो समय पुँजी बजार सकारात्मक लयमा फर्किएको छ । लामो समयदेखि प्यानिक अवस्थामा रहेको नेप्से परिसूचकले लय समातेको हो । निरन्तर रुपमा घट्दो ब्याजदर र राष्ट्र बैंकको लचक नीतिले बजारले लय समातेको हो । नेप्से परिसूचक बढेसँगै लगानीकर्ताको सम्पत्ति पनि बढिरहेको छ । 

नेपाल राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने एक वर्षमा सवा ५ सय अंकले बजार बढ्दा लगानीकर्ताको सम्पत्ति साढे ११ खर्ब रुपैयाँले बढेको छ । गत आवको भदौ मसान्तमा १९६४.९२ रहेको नेप्से सूचकाङ्क चालु आवको सोही अवधिमा आइपुग्दा ६१५.८४ अंकले बढेर २५८०.७६ कायम भएको छ ।

बजार बढेसँगै यस अवधिमा बजार पुँजीकरण पनि ११ खर्ब ४२ अर्ब २८ करोड रुपैयाँले बढेको छद । राष्ट्र बैंकका अनुसार भदौ मसान्तमा धितोपत्र बजार पँुजीकरण ४१ खर्ब ३ अर्ब ६२ करोड कायम भएको छ । जबकी गत वर्षको भदौ मसान्तमा बजार पुँजीकरण २९ खर्ब ६१ अर्ब ३४ करोड रहेको थियो ।

चालु आवको भदौ मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १२९ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन्भने ९१ जलविद्युत् कम्पनी, २२ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन्। गत वर्ष सूचीकृत कम्पनीहरूको संख्या २५५ रहेको थियो । 

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.५ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत्कम्पनीको हिस्सा १५.१ प्रतिशत, लगानी कम्पनीको हिस्सा ८.१ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.७ प्रतिशत, होटेलको हिस्सा २.८ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.३ प्रतिशत रहेको छ । 

यस अवधमिा नेप्सेमा सूचीकृत ८ अर्ब ३५ करोड शेयरको चुक्ता मूल्य ८ खर्ब २८ अर्ब २४ करोड रहेको छ । आर्थिक वर्ष २०८१÷८२ को दुई महिनामा २ अर्ब ५४ करोड बराबरको बोनस शेयर, एक अर्ब ७२ करोड बराबरको हकप्रद शेयर र ४७ लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल चार अर्ब २६ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
 

Advertisment

थप समाचार