Below Menu
Below Menu

नेप्से परिसूचक २७ सय बिन्दुमाथि, साढे पाँच अर्ब नाघ्यो कारोबार

नेप्से परिसूचक २७ सय बिन्दुमाथि, साढे पाँच अर्ब नाघ्यो कारोबार

काठमाडौं : साताको चौथौ कारोबार दिन बुधबार (आज) शेयर बजार दोहोरो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा पुगेको हो । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका २०६ कम्पनीको शेयरमूल्य बढेको छ । भने ३५ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज तीन कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा पाँच अर्ब ६६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको छ । मंगलबार नेप्सेमा तीन अर्ब छ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज नेपाल फाइनान्स कम्पनीको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज १५ करोड सात लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा विजय लघुवित्त वित्तीय संस्था रहेको छ । आज यस कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो । आज अपर स्याङगे हाइड्रोपावर कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । 
 

Advertisment

थप समाचार