Below Menu
Below Menu

आजसम्म कायम शेयरधनीले पाउनेछन् अपि पावरको लाभांश 

आजसम्म कायम शेयरधनीले पाउनेछन् अपि पावरको लाभांश 

काठमाडौं : अपि पावर कम्पनी लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि भोली अर्थात कात्तिक २ गते बुकक्लोज गर्दैछ। जस अनुसार कात्तिक १ गतेसम्म कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

कम्पनीले गत आवको मुनाफाबाट शेयरधनीहरुलाई ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्तावित लाभांश पारित गर्न कम्पनीले कात्तिक १९ गते साधारणसभा बोलाएको छ । उक्त सभा होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ।

सभाले लाभांश प्रस्तावसँगै प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, कम्पनीको सहायक कम्पनी अपि इन्फ्रा लिमिटेड कम्पनीमा शतप्रतिशत शेयर स्वामित्व रहने गरी लगानी गर्ने प्रस्ताव पािरत गर्ने छ । 

यसका साथै सभामा बहुमत शेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनीमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना र दार्चुला पावर कम्पनीमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना निर्माण गर्ने, सुर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजनाको निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

Advertisment

थप समाचार