काठमाडौं : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त१८ सहकारी संस्थाको दायित्व फरफारक गर्न १५ दिने सूचना जारी गरेको छ ।
कार्यालयले बिहीबार एक सूचना जारी गर्दै सम्रस्याग्रस्त सहकारीका सञ्चालक, व्यवस्थापक, ऋण सदस्य र कर्मचारीलाई दायित्व फरफारक गर्न भनेको हो ।
यसअघि पनि पटक–पटक सूचना जारी गरेर तथा एसएमएससमेत गरेर दायित्व फरफारकका लागि ताकेता गर्दासमेत सम्पर्कमा नआएकोले तोकिएको अवधिभित्र दायित्व फरफारक नगरे कानुनअनुसार प्रक्रिया अघि बढाउने कार्यालयले चेतावनी दिएको छ ।
तोकिएको समयभित्र नबुझाएमा दायित्व बाँकी रहेका व्यक्ति र निजको एकाघर परिवारको सम्पत्ति तथा बैंक खाता रोक्का गर्ने, कालोसूचीमा राख्ने र रोक्कामा राखिएका सम्पत्ति लिलाम बिक्री गरी ऋण असुल गर्ने कार्यालयले जनाएको छ।

Advertisment