काठमाडौं : समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले असोज २९ गते कम्पनीलाई प्रतिशेयर १०० रुपैयाँ अंकित मुल्यमा एफपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले तीन करोड ५० लाख ९० हजार ४२५ रुपैयॅा बराबरको ३ लाख ५० हजार ९०४ दशमलव २५ कित्ता एफपीओ जारी गर्न अनुमति पाएको हो । कम्पनीकाृे एफपीओ निष्कासन तथा विक्री प्रबन्धकमा मुक्त्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
Advertisment