Below Menu
Below Menu

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

लाभांश पारित गर्न स्वावलम्बन लघुवित्तले बोलायो साधारणसभा, बुक क्लोज कहिले ? 

काठमाडौं : स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले कात्तिक ३० गते वार्षिक साधारण सभा बोलाएको छ । संस्थाले लाभांश प्रस्ताव पारित गर्न सो दिन लिसारा रिसेप्शन भगवती बाहाल, नक्साल काठमाडौंमा बिहान ११ बजे साधारणसभा बोलाएको हो । 

सभाले गत आवको मुनाफाबाट प्रस्तावित १४.२५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने । 

यसका साथै सभाले बोनस शेयर बितरण पश्चात कम्पनीको चुक्ता पुँजी वृद्धि हुने भएकोले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य उपयुक्त लघुवित्त संस्थासँग मर्जर अथवा एक्विजिशनसम्बन्धी तथा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गरी निजको पारिश्रमिक निर्धांरण गर्ने प्रस्ताव पारित गर्नेछ । 

सभा प्रयोजनका लागि कम्पनीले कात्तिक ९ गते एक दिनका लागि बुक क्लोज गर्ने भएको छ । जस अनुसार कात्तिक ८ गतेसम्म कायम रहने शेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् । 

Advertisment

थप समाचार