Below Menu
Below Menu

झिनो अंकले बढ्यो शेयर बजार, सात अर्ब माथिको कारोबार 

झिनो अंकले बढ्यो शेयर बजार, सात अर्ब माथिको कारोबार 

काठमाडौं : साताको अन्तिम कारोबार दिन बिहिबार (आज) शेयर बजार झिनो अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक २.४७ अंकले बढेर २७४५.३६ बिन्दुमा पुगेको हो । बुधबार नेप्से ४३.२२ अंकले बढेर २७४२.८८ बिन्दुमा बन्द भएको थियो ।

आज कारोबारमा आएका ८९ कम्पनीको शेयरमूल्य बढेको छ । भने १४२ कम्पनीको शेयरमूल्य घटेको छ । त्यस्तै आज १३ कम्पनीको शेयरमुल्य स्थिर रहेको छ ।

शेयर बजार बढेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज बजारमा सात अर्ब १९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । बुधबार नेप्सेमा पाँच अर्ब ६६ करोड दुई लाख रुपैयाँ बराबरको कारोबार भएको थियो ।

आज कुमारी बैंकको सर्वाधिक शेयर कारोबार भएको छ । यस कम्पनीको आज ३३ करोड १३ लाख रुपैयाँ बराबरको कारोबार भएको हो ।

सर्वाधिक मूल्य बढ्नेमा गुडविल फाइनान्स कम्पनी रहेको छ । आज यस कम्पनीको शेयरमूल्य ७ प्रतिशतले बढेको हो । आज अपर स्याङगे हाइड्रोपावर कम्पनीको शेयरमूल्य ५ प्रतिशतले घटेको छ । 
 

Advertisment

थप समाचार